नेपाल सम्वत्‌को प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा

161

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्वत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएको बताएका छन् ।

शुक्रबार भक्तपुरको ठीमीमा नेपाल सम्वत्‌का प्रवर्तक शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल सम्वत्‌को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताए ।

नेपाल सम्वत्‌को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोले शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविभ धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताए । उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल सम्वत्‌को पात्रो सार्वजनिक गरेका थिए । नेपाल सम्वत्‌को विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुसी व्यक्त गरे ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ईसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत्‌को सुरुवात गराएका थिए । नेपाल सम्वत्‌का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...