राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुनुपर्छ : ओली

245

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपाी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाल सम्वत ११४२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्,“राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेतना पूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दुछु ।”

ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई संखधर साख्वाःले ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्वतका रुपमा मनाइँदै आएको ओलीले सन्देशमा भनेका छन् ।

नेपाल सम्वत ११४२ को यस सुखद् अवसरमा काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाःको एमाले अध्यक्ष ओलीले स्मरण गरेका छन् ।

“बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ,” ओलीले भनेका छन्,“यहाँका विविधायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूजीका रुपमा अंकित छन् ।”

एकताको राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधार स्तम्भका रुपमा आत्मसात गरिएको उनले उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...