एमसीसीबारे पठाइएको पत्र सार्वजनिक गर्न भीम रावलको माग

359

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दिएको अभिव्यक्तिप्रति आलोचना गरेका छन् ।

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै त्यसको आलोचना गरेका हुन् । “बेलायतमा जलवायु सम्मेलनमा भाग लिइ फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?” रावलले प्रश्न गरेका छन् ।

एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य भएकोमा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौँ भनेर जबाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...