६ वटै प्रदेश सरकार गठबन्धनको हातमा सानो दुःखले आएको होइन : प्रचण्ड

219

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्धबोन गर्दै प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि जनत अझै लड्न तयार छन् भन्ने आफूहरुलाई थाहा भएको बताए ।

“जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तथार छन् भन्ने हामीलाई ज्ञान भयो । मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ । जुनसुकै सेटिङ भएपनि,” उनले भने,“६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुःखले आएको होइन ।”

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु सलबलाइरहेको भन्दै षड्यन्त्र पूरै नसकिएको बताए । “उनीहरुले गर्ने षड्यन्त्र पूरै सकियो अब हामीले जित्यौँ भन्ने अवस्था बनिसकेको छैन, षड्यन्त्र अझै भइनै राख्छन्,” उनले भने,“यसलाई परास्त गर्न हामी बलियो हुनुपर्छ ।”

फरक प्रसंगमा प्रचण्डले माओवादी केन्द्र अरु दल जस्तो देखिएको तर त्यो नभएको स्पष्ट पारे ।

“माओवादीले यत्रो जनयुद्ध गर्यो । परिवर्तन ल्यायो । हामी अन्य पार्टीभन्दा फरक पार्टी हौँ । तर, पछिल्लो समय १५ वर्षयता माओवादी पार्टी अन्य पार्टी जस्तै भयौँ तर त्यो होइन,” उनले भने ।

प्रचण्डले माओवादीले पहिचानको मुद्दा नछोडि अघि बढाइरहेको पनि बताए । यसलाई अझ सशक्त तरिकाले अघि बढाउनेमा माओवादी प्रतिबद्ध रहेकोसमेत उनले उल्लेख गरे ।

“पहिचानको मुद्दा छोडेका छैनौँ । संविधानमा पहिचानको मुद्दा नसमेटिएकोमा हामीले विरोध जनाएका छौँ,” उनले भने,“यसका लागि हामीले देशभरि आन्दोलन गरेका छौँ । खुसीको कुरा माओवादीको महत्व बढेको छ ।”

त्यसैगरी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुकको सबै क्षेत्रमा माओवादीको आकर्षण बढेको दाबी गरेका छन् । उनले हिमाली, पहाडी र तराई क्षेत्रका बुद्धिजीवि नागरिकहरुले पनि देश बचाउन माओवादीको आवश्यकता अनुभूत गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...