ओलीले गरे एमाले महाधिवेशन उद्घाटनस्थलको निरीक्षण

331

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औँ महाधिवेशन उद्घाटन स्थलको निरीक्षण गरेका छन् ।

उनीसहित जिल्लाका नेता तथा कार्यकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

यो ठाउँबाहेक जिल्लामा विकल्पका बारेमा पनि उनले जिज्ञासा राखेका थिए ।

यस क्रममा एमाले केन्द्रीय सदस्उ काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले त्यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तरतर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताए ।

उनले नदी किनारमा व्यवस्थापन गरेर ५ लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...