प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

186

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।

पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवले बताएका छन् ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन् ।

जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट एक–एक जना मन्त्री बन्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...