प्रभु साहले भने– ओली जिउँदो रहेसम्म साथ दिन्छु

284

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)का नेता बनेका प्रभु साहले अध्यक्ष ओलीले जिउँदो रहँदासम्म निस्वर्थ साथ दिने बताएका छन् ।

चितवनको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वर्थ साथ रहने बताए ।

उनले भने, “ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुने छ । उहाँ जिउँदो हुँदासम्म निस्वर्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।”

उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वाचनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...