जलवायु परिवर्तनका कारकतत्व न्यूनिकरणमा मानव जाति सचेत हुनुपर्छ : राष्ट्रपति भण्डारी

297

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवार्तन र वातावरणलाई प्रत्यक्ष रुपमा असर गर्ने कारकतत्वको न्यूनिकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छन् ।

सोमबार मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचार गरी तिनको न्यूनिकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताइन् ।

वातावरणीय सन्तुलन कायम राख्न वनजंगल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

गत असार १ गते आएको बाढीपहिरोका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुःखित तुल्याएको उनले बताइन् । मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताइन् ।

विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनिकराणमा लाग्न सबैलाई आग्रह गरिन् ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताइन् । जलवायु परिवर्तनले हमि रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पुर्याउनुपर्ने देखिएको उनको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

विश्वका ठुला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिसहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...