रामेछापमा विद्युत र सिंचाइको समस्या भए आउनुस्, सबै समस्या समाधान गर्छु : मन्त्री भुसाल

239

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा फुसालले रामेछापमा विद्युत् र सिंचाइ समस्या भए सबै समाधान गरिदिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेकपा (माओवादी केन्द्र) रामेछाप नगरपालिका काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा काठमाडौँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

आफूले ऊर्जा, सिंचाइको विषयमा जनमुखी काम गर्दै अगाडिको बढेको उल्लेख गर्दै उनले रामेछाप जनयुद्ध र कम्युनिस्टको उद्गम थलो भएको कारण पनि आफूले विशेष प्राथमिकता दिने बताइन् ।

उनले नयाँ जनवादी क्रान्ति पूरा भएको र अब त्यसलाई विकास गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने कार्यदिशाको विकास गर्ने कार्यभार माओवादीले पूरा गर्न लागेको बताइन् । माओवादीहरु एक नहुँदा प्रतिक्रान्ति हुने भन्दै अब सबै माओवादीहरु एक भएर लाग्नु पर्ने उनको भनाइ छ । उनले भनिन्, “केही साथीहरू छुट्टै बस्ने हो कि भन्ने सोच्नुभा छ । तर, हाम्रो जीवन व्यवहारले नै पुष्टि गरेको छ कि हामी छुट्टिएर बस्नु सकिँदैन ।”

छरिएर रहेको कम्युनिस्टहरु एक भएपछि मात्र कम्युनिस्टहरुले लिएको लक्ष्य पूरा हुने बुझेको कारण प्रचण्डले एमालेसँग पार्टी एकता गरेर अगाडि बढेको उनले बताइन् । उनले ओलीले व्यक्ति केन्द्रित भएर सरकार चलाएको कारण अहिले नेपाल यो खालको राजनीतिक अस्थिरता आएको उनले आरोप लागाइन । उनले माओवादीहरुले देश विदेशको क्रान्तिका कुरा अध्ययन गरे पनि हामीले अब हाम्रो कार्य र विगतबाट सिकेर अगाडि बड्नु अहिले आवश्यक रहेको उनले बताइन् ।

शुभकामना कामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्जार्ज युवराज चौलागाईंले क्रान्तिकारीले पछिल्लो समस्य विवेक गुमाउँदै गएको उल्लेख गर्दै क्रान्तिकारी सचेत हुनुपर्ने समय आएको बताए । उनले सबै कार्यकर्तालाई सचेत भएर पार्टी निर्माण लाग्न आग्रह गरे ।

कार्यक्रममा शुभकामना दिँदै केन्द्रीय सदस्य तथा संघीय सांसद श्यामकुमार श्रेष्ठले देशको विकास माओवादीले गरेको भन्दै अब पनि माओवादीले देशको विकासमा दृढ भएर लाग्ने बताए । उनले रामेछापको हरेक विकासमा सबै माओवादी र आफू सहभागी भएर गरेको श्रेष्ठले बताए । रामेछापको विकासमा आफूले अहोरात्र खटेको र पार्टीले पहिलो पंक्तिमा रहेर काम गरिरहेको उनले बताए ।

त्यस्तै, माओवादी केन्द्र बागमती प्रदेशसभा सदस्य टंकलाल घिसिङले अब माओवादीले आफूले गरेको कामलाइ प्रचार गर्नु पर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...