पेट्रोलिय पदार्थको मूल्य बढाएर सरकारले गल्ती गर्‍यो : प्रकाशमान सिंह

113

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेललगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताएका छन् ।

कांग्रेस सुनसरी–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई मारमा पारेको बताएका हुन् । उनले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता दिन माग गए ।

त्यस्तै, उनले कांग्रेसको नेतृत्व परिवर्तन नभएसम्म जनताले कांग्रेसलाई विश्वास नगर्ने उल्लेख गरे । उनले पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उल्लेख गरे ।

उनले केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेको भन्दै विधि र विधानका आधारमा समाधान गर्नुपर्ने र महाधिवेशन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेता सिंहले न्यायलयमा देखिएको समस्या संविधान अनुसार समाधान हुनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...