एमालेका कारण संसद्को कुनै काम एक सेकेन्ड रोकिएको छैन : नेम्वाङ

271

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले उल्टो मात्रै काम गरिरहेको बताएका छन् ।

संसद् अधिवेशन अन्त्य भएपछि शनिबार काठमाडौँमा बसेको दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “यो अधिवेशनका क्रममा संसद बैठक हामीसँग छलफल नगरी बैठक राखिएको थियो । कात्तिक ९ गते हामीलाई थाहै नदिइ अन्त्य गरियो,” उनले भने,“पछिल्लो समय दलहरुबीच छलफल हुन छाडेको छ संसद्को सबैभन्दा ठुलो पार्टीलाई थाहै नदिइ बैठक राखियो र त्यसैगरी अन्त्य गरियो ।”

उनले सरकार र सभामुखले अन्तै सल्लाह गर्न थालेको पनि बताए । प्रतिपक्षीसँग कुनै परामर्श नगरी सरकार अघि बढेकोमा उनले आपत्ति जनाए ।

नेम्वाङले आफूहरुका कारण संसद्को एक सेकेन्ड पनि कुनै काम नरोकिएको दाबी गरे । “हाम्रा कारणले संसद्को काम कारबाही रोकियो भन्ने प्रचार गरिँदै छ,” उनले भने,“हाम्रो रहरले होइन, बाध्यता हो । हाम्रो कारणले कुनै काम एक सेकेन्ड पनि रोकिएको छैन ।”

उनले एमाले फुटाउने उद्देश्य पूरा भएपछि राजनीतिक दलसम्बन्धी अध्यादेश पनि फिर्ता भएको बताए । “एमाले फुटाउने उद्देश्य थियो । त्यो पूरा गरिसके । सबै प्रक्रिया पूरा गरेर एउटा कोठामा टेबुलमा बसेर अध्यादेश जारी हुन्छ,” उनले थपे,“अहिले हामीसँग कुनै छलफल नगरी अघि बढ्दैछन् । हामीले संसदमा अवरोध गर्नु हाम्रो बाध्यता हो । अहिले हामीलाई भेदभाव गरिएको छ । संसद्का नेता अर्थात सभामुखले हामीसँग भेदभाव गरेका छन् । संसद् रोकेकोमा हामीलाई आरोप लगाउँछन् । एमालेले अवरोध गरेर केही गर्न पाइएन भन्छन् । तर, अहिले सबै गरिरहेका छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...