प्रदेश १ सरकारबाट एमालेको बहिर्गमन छिट्टै हुन्छ, हाम्रो पार्टी नेतृत्वमा आउँछ : नेपाल

212

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले बलियो भएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको कुरा दोहोर्याए ।

उनले प्रदेश नम्बर १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन हुने र आफ्नो पार्टीको संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने उनले जानकारी दिए ।

अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनले आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...