प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा पार्टीमा छलफल भएको छैन : संग्रौला

345

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकी हुन् । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप नगर्ने उनको भनाइ छ ।

“हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायपालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेको विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन,” संग्रौलाले भनिन्,“यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रुपमा यो विषयमा छलफल गरेको छैन । संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन । व्यक्तिगत रुपमा भन्दा यो कुरा अदालतबाट टुंगो लगाउने वा संसदबाछ टुंगो लगाउने हो रु गठबन्धनमा छलफल होस् ।”

संग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको भन्दै प्रतिपक्षले विरोध गर्दा जनताको मुख बन्द भएको धारणा राखिन् ।

“जनताका यावत समस्था छन्, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौँ । संसद् प्रतिपक्षीको हो । समाधानका लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो,” संग्रौलाले भनिन्,“तर, प्रतिपक्षीले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।”

Share This:
सम्बन्धित खबर
Loading...