प्रधानन्याधीश जबराले तोके ८ वटा इजलास

255

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा इजलास तोकेका छन् ।

न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरुले निरन्तर इजलास बहिस्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले शुक्रबार एक एकल इजलाससहित ८ इजलास तोकेका छन् ।

अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाइ गरेको प्रधान्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पोसी तोकेका छन् ।

एकल इजलासमा डा.आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरणसहितका मुद्दा पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अवस्थामा आज पनि शून्य सुनुवाइको दिन बन्ने देखिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...