एमालेको १०औँ महाधिवेशनबाट १ हजार ५३६ प्रतिनिधि सहभागी हुने

331

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएको छ ।

बिहीबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले विभिन्न क्षेत्रबाट समावेशीताका आधारमा प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।

बैठकले भूगोलबाट भने १ हजार १ सय ९६ जना प्रतिनिधि चयन गर्ने र जसमा हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला सहभागी गराउने निर्णय गरेको छ । हाल एमाले सदस्यता ७ लाख २१ हजार छन् । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्थायी कमिटीको प्रस्ताव शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने ज्ञवालीले बताए । उनले चितवनका नारायणी नदी किनारमा उद्घाटन सत्र हुने र सौराहामा बन्द सत्र गर्ने गरी तयारी भएको बताए । त्यस्तै, उनले प्रतिनिधिको मापदण्ड विधान अनुसार नै हुने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...