एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

113

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दै छ । बैठक अपरान्ह ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ ।

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दै छ ।

Share This:
सम्बन्धित खबर
Loading...