प्रचण्डले भने, ‘माओवादी हारेर नभइ समाज रुपान्तरणका लागि शान्ति प्रक्रियामा आयो’

272

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि शान्ति प्रक्रियामा आएको बताएका छन् ।

सोमबार काठमाडौँमा नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौँ डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले माओवादी हारेर आत्मसमपर्ण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेन्डामा आएको बताए ।

गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता केहीलाई मन नपरेको भन्दै उनले माओवादीले ल्याएको परिवर्तनप्रति केहीको रिश देखिएको जिकिर गरे । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको उनले बताए ।

त्यस्तै, उनले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उनले बताए ।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धको विषयमा उल्लेख गरिएको बताए ।

२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...