ओलीलाई भेटाइदिएकोमा भट्टले दिए प्रचण्डलाई धन्यवाद

285

झापा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् ।

अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवादसमेत दिए ।

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर बन्न नसकेको बताए ।

साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...