एकीकृत समाजवादीमा लागेका हिराबहादुर केसी एमालेमै फर्किए

343

काठमाडौँ । पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन् । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन् ।

आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन् ।

एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइनँ, छैन र संलग्न हुन सक्दिनँ ।’

Share This:
सम्बन्धित खबर
Loading...