२४ घन्टामा थपिए ६६२ संक्रमित, १३ जनाकाे मृत्यु

काेराेना अपडेट

256

काठमाडौँ ।  नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ६६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६  जनामा परीक्षण गरिएकोमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ५७९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ७२२ जना होम आइसोलेसनमा, ८०७ संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २७६ जना र भेन्टिलेटरमा १०४ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ७५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।

No photo description available.
Share This:
सम्बन्धित खबर
Loading...