काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन कहाँ गर्ने भन्ने कुराको टुंगो भोलि (बिहीबार) लाग्ने बताएका छन् ।
बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले महाधिवेशन तोकिएकै मितिमा हुने तर स्थान भोलि तोकिने जानकारी दिएका हुन् ।
विधान महाधिवेशनका बेला पार्टीको महाधिवेशन बुटवलमा गर्न प्रस्ताव आएको जानकारी उनले दिए । तर, यसको निर्णय भोलि गरिने उनले बताए ।
“महाधिवेशन तोकिएको समयमा हुन्छ,” उनले भने,“महाधिवेशन सर्दैन । कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ ।”
एमाले केन्द्रयि कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहीबार पार्टीको स्थायी कमिटी बैठक बस्दै छ ।