काठमाडौँ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट देशभर ४८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढीपहिरोबाट मृत्यु भएको हो ।
मन्त्रालयकाअनुसार बाढीपहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेल्धुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
यस्तै, बाढीपहिरोबाट डोटीमा १, बझाङमा २३, प्युठानमा २ र इलाममा ५ जना बेपत्ता भएको मन्त्रालयले पुष्टि गरेको छ ।
बाढीपहिरोबाट ७ जिल्लाका २३ जना घाइते भएका छन् ।