अमेरिकामा एक नेपालीको गोली हानी हत्या

615

काठमाडौँ । अमेरिकाको मासाचुसेट्समा एक नेपालीको गोली हानी हत्या भएको छ । फल रिभरमा नेपाली स्टोर सञ्चालन गर्दै आएका ५४ वर्षीय लालकिशोर महासेठको गाली हात्या भएको शिव पौडेलले जानकारी दिए ।

उनी स्टोरमै काम गरिरहेको समयमा गोली प्रहार भएको जनाइएको छ । नेपालमा धनुष जिल्लाको महेन्द्रनगर सखुका महासेठ झन्डै १५ वर्ष अघि अमेरिका आएका थिए ।

मासाचुसेट्सको फल रिभरमा परिवारसँगै बस्दै आएका उनीमाथि गोली प्रहार भएपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...