माओवादी केन्द्रले बनायो १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति

138

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १४९ सदस्यीय केन्द्रीय समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, आज बसेको बैठकले २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरेको छ ।

विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग, पेशलकुमार पोखरेलको अध्यक्षतामा लेखा आयोग र टंक राईको अध्यक्षतामा अनुशासन आयोग बनाइएको छ ।

माओवादी केन्द्रको अर्को बैठक कात्तिक ४ गते बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...