काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधनसहित पारित भएअनुसार केही परिमार्जन गरेर प्रकाशन गरिएको हो ।
२०७१ मा भएको नवौँ महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरु यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरु पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।
एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव हुनेछन् ।
यसैगरी केन्द्रीय कमिटी २२५ सदस्यीय हुने छ । राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुने छन् ।
अर्को ५ वर्षसम्मका लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरु यस्ता छन्ः
एमालेकाे संशाेधित विधान