काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
दम रोग पीडित वैद्यलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन आज बिहान ८ः४० बजे अस्पताल पुगेका हुन् ।
उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए ।
सो वसरमा वैद्यको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी गराए ।