काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षक माग गरेको छ ।
क्यानले एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकमा इच्छुक र योग्य खेलाडीलाई दरखास्त दिन आह्वान गरेको हो ।
विश्वकप लिग–२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।
क्यानले मुख्य प्रशिक्षकका लागि विभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ ।
