‘हत्या आशंका’ गरिएका होटल सञ्चालक शाहीको लडेर मृत्यु भएको पुष्टि

87

जुम्ला । जुम्लाको होटल भ्यालीभ्युका सञ्चालकमध्येका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । गएको असोज २७ गते बेलुकी ९ बजेर ४८ मिनेटमा होटलभित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथि जान खोज्दा लडेर घाइते भइ ज्यान गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार सिसिटिभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट ज्यान गएको बताए । दैलेख ठाटीकाध गाउँपालिका–३ भेरीपातलका वर्ष ४५ का शाही होटल सञ्चालक र पारिश्रमिकसमेत लिने गर्थ्ये ।

होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो । सिसिटिभिको फुटेजहरु देखिएपछि आफन्तले दुर्घटना रहेछ भन्ने स्वीकारेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरी शव टीकाको दिन स्वीकारेको उनले जानकारी दिए ।

यो घटनापछि प्रहरी नायब उपरीक्षक थापाले जुम्ला सदरमुकामसहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गरे ।

Share This:
सम्बन्धित खबर
Loading...