राष्ट्रपति भण्डारीले लगाइन आमाको हातबाट दसैँको टीका

275

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट उनले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।

योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइनन् । कोभिड–१९ महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...