दसैँ मनाउन गृह जिल्ला झापा पुगेका ओलीले भने,‘यो सरकार लेनदेनबाट बनेको प्रष्ट भयो’

148

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनबाट बनेको आरोप लगाएका छन् ।

दसैँ मनाउन गृह जिल्ला झापा पुगेका ओलीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति व्यङ्ग्य गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले बिहीबार झापामा आफैँले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताए ।

“यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो । पैसाको कारोबार भयो भएन थाहा छैन, वार्टर सिस्टमचाहिँ यसपटक देखियो,” उनले भने ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालिन उद्योगमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।

देउवाले परमादेशबाट देउवालाई लेनदेनका आधारमा प्रधानमन्त्री बनाउन आदेश दिएको भन्दै घुमाउरो पारामा प्रधानन्यायाधीश जबराको व्यङ्ग्य गरेका थिए ।

भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...