राजनीतिक घटनाक्रमले परमादेश कसरी आयो भन्ने प्रमाणित भयो : खिमलाल भट्टराई

333

काठमाडौँ । राष्ट्रियसभा नेकपा (एमाले)का सदस्य खिमलाल भट्टराईले पाँच दलीय गठबन्धनको यो सरकारले जनताका कुनै काम गर्न नसक्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “यो सरकार आएर मामली र ससुराली सुखी भए होला,” उनले भने,“तर, यो सरकारबाट जनताले केही अपेक्षा गरेको छैनन् ।”

उनले असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतबाट भएको परमादेशको पनि पोल खुलिसकेको बताएका छन् ।

“परमादेश कसरी आयो भन्ने पनि प्रमाणित भएको छ,” उनले भने,“परमादेश जारी हुनु र सर्वोच्चको फैसला आजको राजनीतिक घटनाक्रमले स्पष्ट पारेको छ ।”

उनले परमादेशको ढाकछोपका लागि एकजना मन्त्रीले राजीनामा दिएर नहुने बताए । “अब पोल खुलिसकेको छ । यही नाटकबाट देश चल्छ ?,” उनले भने,“लोकतन्त्र विस्तारै कमजोर हुँदै गएको छ । देश सरकारविहीन अवस्थामा छ । यो सरकारले के गर्छ र माग पनि गर्नु जनताले ?”

Share This:
सम्बन्धित खबर
Loading...