डिजे मेवाहाङको ‘तिमी मेरी हुन्छौँ भने त’ बोलको गीत सार्वजनिक [भिडियो]

245

घामै पनि सहुला पानी पनि सहुला
तिमी शीतल बन्छौँ भने त
झरी पनि सहुला असिना नि सहुला
तिमी मेरी हुन्छौँ भने त….

गायक तथा संगीतकार डिजे मेवाहाङको ‘तिमी मेरी हुन्छौँ भने त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक मेवाहाङ र चन्द्रकला राई सुमधुर स्वरका धनी छन् ।

गीतमा शब्द तथा लय संकलन डिजे मेवाहाङकै रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ।

केशव विश्वकर्माको छयांकन रहेको उक्त म्युजिक भिडियो डिजे मेवाहाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...