मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्दै

399

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको मोटामोटी भागबन्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बैठक बस्न लागेको हो ।

गठबन्धनमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । “गठबन्धनको बैठक बस्नेबारे छलफल भइरहेको छ । समय निश्चित भएको छैन,” स्रोतले भन्यो,“सकेसम्म कुरा टुंग्याएर आज बेलुका मान्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।”

एकीकृत समाजवादीको बैठक अहिले जारी छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो । त्यसक्रममा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७, नेकपा (माओवादी केन्द्र)ले ६ र जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले ४÷४ वटा मन्त्रालय पाउने गरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा रहेको छन् । जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...