प्रकाशमान सिंह र विप्लवबीच भेटवार्ता

351

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’बीच भेटवार्ता भएको छ ।

बुधबार दुई नेताबीच सिंह निवास चाक्सिबारीमा भेटवार्ता भएको हो ।

दुई नेताबीचको भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

करिब आधा घन्टा भएको भेटमा केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमतिबारे पनि छलफल भएको लामिछानेले बताए ।

बैठकमा अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...