घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज पार्किङ क्षेत्रमा ल्याइयो

353

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एयरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।

मंगलबार बिहान पार्किङ क्षेत्रबाट रनवे जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभाविन भएन । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

चिप्लिएको जहाज ठिक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...