बुद्ध एयरको आन्तरिक प्रतिवेदन : ककपिटभित्रको इन्डिकेटरलाई क्रु टोलीले ध्यान दिएन

129

काठमाडौँ । बुद्ध एयरले आन्तरिक रूपमा गरेको छानबिन समितिले बुद्ध एयरको काठमाडौं(विराटनगर उडानमा उड्नुभन्दा पहिले क्रु टिमले जहाजको ‘इन्डिकेटर’को संकेतमा ध्यान नपुर्‍याएकाले उडानमा समस्या आएको निष्कर्ष निकालेको छ ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको प्रतिवेदनमा उड्नुभन्दा पहिले क्रु टिमले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको हो । प्रतिवेदनमा जहाजमा कुनै समस्या नभएको बताइएको छ ।

क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा बुद्ध एयरले छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको बताएको छ ।

प्रतिवेदनमा क्याप्टेन एजी शेर्पाले उडाएको उक्त जहाजमा पहिले नै समस्याको संकेत जहाजले गरेको समेत उल्लेख गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि बुद्ध एयरको जहाजमा देखापरेको समस्याका सम्बन्धमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...