प्रचण्डले भने, ‘एमालेमा विचार छैन, सूर्य चिन्ह मात्रै छ’

242

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेमा विचार नभएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रनिकट बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो पार्टीमा सूर्य चिन्ह मात्रै भएको बताएका हुन् ।

“एमालेमा अहिले विचार, सिद्धान्त केही पनि छैन । त्यहाँ त मदन भण्डारी छन् । उनले प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) छ । सूर्य चिन्ह छ,” उनले भने ।

उनले एमालेमा विचार नै नभएको बताउँदै त्यहाँ बहस नै नहुने टिप्पणी गरे । “एमालेमा विचार र बहस हुँदैन । त्यहाँ त स्वर्थका लागि मिल्छन्,” प्रचण्डले भने,“देख्नु भएन ती दोस्रो तहका भनिएका १० भाइ, उनीहरुले हामीलाई झुक्याए क्या ।”

प्रचण्डले नेकपा (एमाले)को हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । “अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो । त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ,” प्रचण्डले भने,“त्यसैले अब माओवादी बचाउने कुरा एउाटा पार्टी बचाउने भन्ने मात्रै होइन । सवाल सिंगै कम्युनिस्ट आन्दोलनको हो ।

Share This:
सम्बन्धित खबर
Loading...