प्रकाशमानको प्रश्न : मगणेशमानको छोरा भन्दैमा सभापति बन्न नपाउने ?

256

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।

नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । “उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?” उनले प्रश्न गरे ।

उनले १४औँ महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । “काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,” उनले भने, “अरुको छोराहरुले त अवसर पाएका छन् त ।”

Share This:
सम्बन्धित खबर
Loading...