खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई

253

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (एमाले)ले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले शुक्रबारदेखि सुरु एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् ।

एमाले महाधिवेशनमा व्यक्ति पूजाको झलक देखिएको भन्दै यसले स्टालिन, हिटलर र फाँसीवाद जन्माउने उनको भनाइ छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,“ खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्ने छ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !”

Share This:
सम्बन्धित खबर
Loading...