विगतमा छुटेकालाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढ्यो : प्रचण्ड

136

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहिद घोषणा गर्ने र दस्तावेजीकरण गर्ने विषय समेटिएको जानकारी गराए ।

“विगतमा छुटेका कैयौ पक्षलाई समेटेर जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया पनि अघि बढेको छ । छिट्टै सफलता प्राप्त गर्नेछौँ,” उनले भने ।

अहिले आफूहरू गठबन्धन सरकारमा रहेको र माओवादीले अर्थ र ऊर्जा मन्त्रालय चलाइरहेको भन्दै प्रचण्डले अन्य बाँकी मन्त्रालय आजभोलि नै टुंगो लाग्ने बताए । उनले भने, “गठबन्धनको साझा न्यूनतम कार्यक्रममा पहिलोपटक सहिद, बेपत्ता योद्धा, घाइते अपांगताको बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण र अन्य उपचारका सन्दर्भमा औपचारिक दस्तावेजीकरण भएको छ ।”

सरकारको न्यूनतम साझा कार्यक्रममा जनयुद्धका सहिदहरूको बारेमा सत्यनिरुपण र बेपत्ता आयोगका कामहरूलाई छिटो टुंग्याउने बारेमा औपचारिक र वैधानिक ढंगले निर्णय गरिएको प्रचण्डको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...