माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

102

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए ।

उनले बैठकमा सोमबारको बैठकमा पेस गरिएका तीनवटा प्रस्तावमाथि छलफल हुने बताए । सोमबारको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङसम्बन्धी प्रस्ताव पेस भएको थियो ।

आजदेखि यी नै प्रस्तावमाथि छलफल सुरु हुने छ । राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्नुपर्ने उल्लेख छ । यसअघि सो पार्टीले सदस्यता नवीकरण मिति भदौ मसान्तसम्म निर्धारण गरेको थियो ।

तर, पछिल्लो प्रस्तावमा स्थानीयस्तरमा हुने वडा भेला कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने प्रस्ताव अघि सारिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...