कपिलवस्तु बस र विंगर एकआपसमा ठोकिँदा १५ जना घाइते

158

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ जितपुरमा यात्रुवाहक बस र विंगर ठोकिँदा १५ जना घाइते भएका छन् ।

रुकमबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख२४४८ नम्बरको बर र लु१ज३००६ नम्बरको विंगर मंगलबार बिहान ६ बजेतिर ठोकिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

गम्भीर घाइते हुनेमा विंगर चालक वाणगंगा नगरपालिका–८ का २३ वर्षीय सुदन क्षेत्री र नाम नखुलेका सहचालक रहेका छन् ।

घाइतेमध्ये दुई जनाको तिनाउ अस्पताल, ३ जनाको लुम्बिनी नर्सिङ होम र एकजनाको भैरहवा आँखा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

सामान्य घाइते अन्यको भने कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको र केही डिस्चार्जसमेत भइसकेको उनले बताए ।

मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...