प्रचण्ड–नेपालबीच भेटवार्ता : अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तारबारे छलफल

255

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान झन्डै एक घन्टा लामो भेटवार्तामा सरकार विस्तारबारे छलफल भएको बताइएको छ । सरकाले संसद अधिवेशन अन्त्यको तयारी गरिरहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच अध्यादेश फिर्ता लिने विषयमा समेत छलफल भएको स्रोतले बतायो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तार छिटो गर्ने सहमति भएको थियो । भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

प्रचण्डले बैठकमा प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेका थिए । तर, अहिलेसम्म दलहरुको बीचमा मन्त्रालयको भागबन्डा नमिलेका कारण मन्त्रिमण्डल विस्तार हुन सकिरहेको छैन ।

जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले शक्तिशाली मन्त्रालयमा दाबी गरेपछि मन्त्रिमण्डलमा ढिलाइ भएको बताइन्छ । दुवै नेताको भेटपछि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिएर मन्त्रिमण्डल विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...