अर्थमन्त्रीलाई परशुराम गुरुङको प्रश्न : सरकारले कालो धनलाई सेता बनाउने प्रयास गर्‍यो, कुन उद्योगीलाई सहुलियत दिँदै हुनुहुन्छ ?

294

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभाको बैठमा सरकारले पेस गरेको अध्यादेशमा भएको कर छुटसम्बन्त्री व्यवस्था खारेज गर्न माग गरेको छ ।

सोमबार राष्ट्रियसभाको बैठक सुरु भएलगत्तै विरोधमा उठेका एमालेले कालो धनलाई सेतो बनाउने प्रयास सरकारले बजेटको प्रतिस्थापन विधेयकबाट गरेको आरोप लगाएको छ । एमालेका सांसद् परशुराम मेघी गुरुङले बैठक सुरु भएलगत्तै बोल्दै मुलुकको अर्थतन्त्रका लागि यो गम्भीर विषय भएको दाबी गरे ।

उनले यो अध्यादेश बदर हुनुपर्ने दाबी गरे । संविधानको धारा २० ले भूतप्रभावी कानुन बनाउन पाइँदैन भन्छ, तर यो कसरी आयो भन्दै उनले कालो धनलाई सेतो बनाउने प्रयास भइरहेको आरोप लगाए ।

“अर्थमन्त्री क्रान्तिकारी हुनुहुन्छ तर यो कसरी क्रान्तिकारीता हुनसक्छ,” गुरुङले भने,“कुन उद्योगीलाई सुविधान दिन वा सहुलियत दिने प्रयासमा हुनुहुन्छ ? कुन श्रमजीवी जनताको हितका लागि यो सहुलियत दिइँदैछ ।” उनले कार्यकारी पदमा बस्ने नेताहरुको वार्षिक आम्दानी सार्वजनिक हुनुपर्ने अवस्थामा उद्योगीलाई छुट दिने कानुन आउनु दुःखद् भएको दाबी गरे ।

संविधानको भावना र मर्म अनुसार केही विषयहरु अघि बढेको छ त्यो अघि बढेको छ त्यो आपत्तिजनक भएको उनले दाबी गरे । “बजेटको प्रतिस्थापन विधेयक (ऐन)को दफा ५९ प्रति म संसद्को ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने,“कर मिनाहा हुने व्यवस्था मिलाएको भनिएको छ । यो देशका लागि घातक छ । यसरी ३ वर्षको कर बुझाएपछि त्यसको शुल्क र ब्याज पनि छुट हुने व्यवस्था राख्दा मिल्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...