काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसो २ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै संसद् बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए ।
एमाले सांसद्हरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीबारको बैठक पारित भएका छन् ।
प्रतिनिधिसभा ११ असाेज