एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमतिबारे छलफल हुने

354

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दैै छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिमलगायतका केही स्थानमा नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । “१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,” स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने,“१० बुँदेबारे सामान्य छलफल हुन्छ ।”

जेठ २ मा फर्कँदा सुदूरपश्चिमको पार्टी इञ्चार्ज एमाले उपाध्यक्ष भीम रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्टले नै इञ्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । यसमा सुदूरपश्चिमका नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावललगायतका नेताहरुले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...