एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

302

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठनामा शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक ११ बजे सुरु हुने छ ।

शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्राबारदेखि ुसमूहगत छलफल जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको छ । जसमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह रहेका छन् ।

उनीहरुको दिएको सुझाव अनुसार तीनवटै प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटीले पारित गर्ने छ । केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...