२४ घन्टामा थपिए १४७६ काेराेना संक्रमित, ९ जनाकाे मृत्यु

काेराेना अपडेट

109

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ४७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ५७५ आरटी पिसिआर र ५ हजार ११५ एन्टिजेन गरी कुल १५ हजार ६९०  जनामा परीक्षण गरिएकोमा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २० हजार २८७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा, १ हजार ३१८ संस्थागत आइसोलेसनमा र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३४७ जना र भेन्टिलेटरमा १०५ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शुक्रबार देशभरबाट १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...