आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत

260

काठमाडौँ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत भएको छ ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफलका लागि यही असोज ११ गतेको समय तोकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राष्ट्रियसभा सदस्यहरुले भने आसनमा उठेर विरोध जनाएका थिए । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसद्लाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै एमाले सांसद्ले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...