एमाले एकीकृत समाजवादी पार्टीको प्रतिद्वन्द्वी : माधव नेपाल

91

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)लाई प्रतिद्वन्द्वी पार्टी भएको बताएका छन् ।

मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधन गर्दै उनले एमालेले आफ्नाविरुद्ध भ्रम फैलाइरहेको बताए ।

“कमरेडहरु अहिले हामी देखिरहेका छौँ, हाम्रो प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा (एमाले)ले हाम्रो विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ । आज मैले भाषणहरु सुनेँ कि अब छिट्टै हाम्रो पार्टी अर्को पार्टीमा मिसिन गइरहेको छ । यो शतप्रतिशत होइन, हजार प्रतिशत गलत छ,” उनले भने ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सकैसँग मिसिनुपर्ने आवश्यकता नरहेको बताए । “यसको आफ्नै जग बलियो छ । यसको आधार बलियो छ । हामीले व्यापक रुपमा पार्टी कार्यकर्ताको समर्थन प्राप्त गरेका छौँ , संगठनको सञ्जाल फैलिएको छ । जनवर्गीय संगठनहरु फैलिँदै गइरहेको छ । देशदेखि प्रदेशसम्म हाम्रो संगठन फैलिँदै गइरहेको छ,” नेपालले भने ।

Share This:
सम्बन्धित खबर
Loading...